धनगढी । कैलालीमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका-१५ झिनुवा बस्ने १५ वर्षीय लोकेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिवार साँझ आफ्नै घर नजिक सिमलको रुखको हाँगा काट्ने क्रममा रुखबाट खस्न गई गम्भीर घाइते भएका विकलाई उपचारको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।













