धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडको ३२औँ साधारणसभाबाट गोपाल पाठक अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
पाठक अध्यक्ष पदमा निर्वाचित भएपछि विभिन्न व्यक्तित्व तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष पाठकले संस्थालाई अझ पारदर्शी, सदस्यमैत्री र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै सहकारीको विकास र सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताएका छन् ।
नवजीवन सहकारी संस्था क्षेत्रकै सक्रिय सहकारी संस्थामध्ये एक मानिन्छ ।



















