धनगढी । कैलालीबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाकाधनगढी उपमहानगरपालिका–२ वडा नं. १० सिमलघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु ७६ हजार २५० बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त मूल्यका चिनी, मिठाई, पानीपुरी, मसला,सरप, कुर्ती, दोपट्टा, छिद्रा माछालगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।



















