धनगढी । डडेल्धुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडा बस्ने ३७ वर्षीया लक्ष्मी भण्डारीको रुखबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै घर नजिक डालेघाँसको रुखमा स्याउला काट्ने क्रममा रुखबाट खस्न गई गम्भीर घाईते भएकी भण्डारीलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ ।



















