धनगढी । कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको कैलारी गाउँपालिका-६ खरुवाखेडा स्थित सितल सामुदायिक वन नजिकै रहेको खेतवारीमा सोही ठाउँ बस्ने ४० वर्षीय खडक बोहरा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













