धनगढी । कैलालीबाट अवैध लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन ।
जिल्लाको बर्दगोरिया गाउँपालिका-२ बर्दगोरियाबाट ५०० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित उनीहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेहरूमा सोही पालिकाको वडा नं १ बस्ने १९ वर्षीय रोशन बिश्वकर्मा,१८ वर्षिय किशोर र घोडाघोडी नगरपालिका-६ बस्ने १९ वर्षीय अविशेक साउद रहेका छन ।
इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।













