कैलाली । नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक नेता रेशम चौधरीले आफुहरु सुदुरपश्चिम प्रदेश सरकारको फेरवदलमा नलाग्ने बताएका छन् ।
सरकार फेरवदल गरिहाल्ने शक्ती आफुहरु संग नभएको उनको भनाई छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभामा ७ सांसद रहेका छन्। नेकपासँग एकता भएपछि उनीहरूपनि नेकपाकै सांसदको सूचीमा राखिएको छ।
तर, रेशम चौधरीले ७ मध्ये ५ सांसद अहिले पनि एकताको विपक्षमा रहेको र उनीहरु आफूहरू सँगै रहेको दाबी गरे। उनले लुम्बिनी प्रदेशका ३ र मधेश प्रदेशका १ सांसद पनि आफूहरूको पक्षमा रहेको बताए।













