धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीएका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको बेलौरी नगरपालिका-३ पडाउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.२५ हजार ६ सय बराबरका सामान नियन्त्रणमा लिएको हो ।
उक्त मूल्यका चिनी, विडी, पेय पदार्थ लगायतका सामानहरु वुधबार प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।



















