धनगढी । कैलालीमा एक घरमा आगलागी हुँदा विभिन्न धनमान जलेर नष्ट भएका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने नरेन्द्र भट्टको घरमा बुधबार साँझ आगलागी हुँदा टिभी, लत्ता कपडा, भाडावर्तन, खद्यान्न लगायतका धनमालहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।
स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



















