धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बकर ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता तथा सामाजिक एकता अझ सुदृढ बनाउने बताएका छन् ।
ईस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईदको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यो पर्वले त्याग, सद्भाव, मानवता र आपसी भाइचाराको सन्देश दिने बताएका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन् ‘बकर ईदजस्ता पर्वहरूले विविध धर्म, संस्कृति र समुदायबीच आपसी सम्मान र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने छ ।’
उनले बकर इदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामनासमेत व्यक्त गरेका छन्।



















