धनगढी । बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको पुर्चौडी नगरपालिका–८ मिरराड भिर धौनाली स्थित नामथर वतन नखुलेको पुरुष विहीबार साँझ मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













