धनगढी । कैलालीमा अटोको ठक्करबाट पैदालयात्रीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ बनखेतस्थित पूर्व–पश्विम राजमार्गमा पूर्वबाट
अत्तरियातर्फ आउँदै गरेको भि.न.पा.००–१ ह ०८७० नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ६० वर्षीया पशुपति नेपालीको बिहीबार साँझ मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई धनगढीस्थित निसर्ग अस्पताल लगिएकामा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषण गरेको प्रहरीले जनाएको छ ।
अटो र अटो चालक सोही नपा–११ ओलानी बस्ने बर्ष ५५ को प्रेम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















