धनगढी । बझाङबाट अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन ।
केदारस्यु गाउँपालिका-९ झोता बजार स्थित अनिल होटेलबाट ८०० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने १८ वर्षिय किशोर र जयपृथ्वी नगरपालिका-१० बस्ने वर्ष २२ को प्रकाश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
लागुऔषध सेवन गरिरहेका छन भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी प्रहरी पोष्ट झोताबाट खटिएको प्रहरीले उनीहरूलाई होटेलको कोठाबाट उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।



















