धनगढी । डडेल्धुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको आलिताल गाउँपालिका-१ बन्ताल बस्ने १६ वर्षीय अनिल विकको शुक्रबार बेलुकी करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
विकलाई आफ्नै घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाई मोबाइल चलाउने क्रममा करेन्ट लागि गम्भीर घाइते भई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



















