धनगढी । आज धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको जन्मदिन हो । नगरप्रमुख हमालको जन्मदिनको अवसरमा विभिन्न व्यक्ति, सामाजिक अभियन्ता, संघ–संस्था तथा शुभेच्छुकहरूले उनको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत समेत शुभकामना प्रवाह भइरहेका छन् । शुभेच्छुकहरूले नगरप्रमुख हमालले धनगढीको विकास, सुशासन र जनसेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि उनको नेतृत्वमा नगरले थप प्रगति गर्ने विश्वास व्यक्त गरेका छन् ।
जन्मदिनको अवसरमा नगरप्रमुख हमाललाई व्यक्तिगत तथा संस्थागत रूपमा शुभकामना दिने क्रम जारी रहेको छ । उनको सुस्वास्थ्य, दीर्घायु र सफल जीवनको कामना गर्दै शुभेच्छुकहरूले जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।



















