धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० गौसला स्थित महाकाली नदीमा माछा मार्ने क्रममा सोही ठाउँ बस्ने ६४ वर्षीय टोपबहादुर थापा मगरको डुवेर मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



















