काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले भारतको पनि जग्गा मिचेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको सीमा मिचेको बताए। उनले भने, ’तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’



















