• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

विषादीरहित तरकारी उत्पादन गर्दै किसान

  •   मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर र जानकीका किसानको बारीमा फलेको तरकारी खानयोग्य पाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाले टीकापुर र जानकीमा व्यावसायिक रूपमा खेती गरिरहेका १४ किसानको बारीका तरकारीको नमूना सङ्कलन गरी ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूह कीटनाशक विषादीको प्रयोग परीक्षण गर्दा तरकारी खानयोग्य पाइएको हो ।

प्रयोगशालाले किसानका बारी र हाटबजारमा बिक्रीमा राखिएका तरकारीको नमूना सङ्कलन गरेको थियो । त्यसक्रममा काक्रो, हरियो फर्सी, भिण्डी, तितेकरेला, लौका, खुर्सानी, गोलभेडा, तरभुजा, बोडी, घिरौला, बन्दागोभीलगायतका तरकारीको परीक्षण गरेको हो । परीक्षण गर्दा कार्वामेटको रोकावट प्रतिशत चार दशमलव ६७ सम्म र अर्गानोफस्फेट अन्य तरकारीमा रोकावट प्रतिशत नौ दशमलव आठ प्रतिशतसम्म भेटिएको थियो भने बोडीमा ३३ दशमलव ३७ रोकावट प्रतिशत भेटिएको छ ।

विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टले अर्गानोफस्फेटको प्रयोग ३५ प्रतिशतभन्दा कम भए खानयोग्य र त्यसमाथि भए स्वास्थ्यका लागि खान अयोग्य हुने बताए । “रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोग गर्न योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ”, उनले भने, “४५ प्रतिशतमाथि देखिएमा सोही ठाउँमा बिर्सजन गर्नुपर्ने व्यवस्था छ ।”

यहाँ मानव स्वास्थ्य र माटो संरक्षणका लागि किसानले विषादीरहित तरकारीखेती गरिरहेका छन् । गुड नेभर्स इन्टरनेशनल नेपालले सेवक नेपाल कैलालीको साझेदारीमा एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत प्राकृतिक खेतीका लागि टीकापुर, जानकी र लम्कीचुहामा किसानलाई सघाइरहेको छ । परियोजनाले स्वच्छ माटो, सुरक्षित बाली र स्वस्थ जीवनका लागि प्राकृतिक खेतीका लागि प्रोत्साहन गरिरहेको जनाइएको छ ।

परियोजनाका ‘कलस्टर’ संयोजक अरुण चौधरीका अनुसार तीन वर्षदेखि सञ्चालित परियोजनामा यसअघि तीन सय जना किसान आबद्ध रहेकामा यस वर्ष थप तीन सय गरी छ सय किसानले ५० बिघा जमिनमा प्राकृतिक खेती गरिरहेका छन् । परियोजनामाफर्त किसानलाई आवश्यक बीउबिजन, कृषि सामग्री र तालिम दिने गरिएको छ ।

यसले उपभोक्ताको स्वास्थ्य र किसानको आयआर्जनमा सहयोग भइरहेको परियोजनाका कलस्टर संयोजक चौधरीले बताए । “यसरी खेती गरिरहेका किसानले एउटै सिजनमा लाखौँ आम्दानी गरिरहेका छन् । छापो राख्ने, खनजोतबिना वा न्यूनतम खनजोत, कम्पोष्ट मल प्रयोग र सूक्ष्म जीवको वृद्धि गर्ने चार सिद्धान्तमा आधारित रहेर काम गर्न प्रोत्साहन गरिरहेका छौँ”, उनले भने।

किसानलाई जिम्मेवार बनाउन समय समयमा तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने गरिएको छ । जानकी गाउँपालिकाकी किसान पशुपति चौधरी विगतमा परीक्षण नहुँदा तरकारीमा अन्धाधुन्द विषादी छर्ने गरिएकामा अचेल पिना, गोबर मल र जैविक मलको प्रयोग गरिरहेको बनाए । उनले दुई कट्ठामा तरकारी गरिरहेका छन्।

“परियोजनाले तालिम तथा आवश्यक सहयोग गरेपछि विषादी प्रयोगबारे सचेत भएकी छु । यसले उपभोक्तामा पनि सकारात्मक सन्देश गएको छ”, चौधरीले भने।

अर्का किसान रामनारायण चौधरीले आफूले १५ कट्ठा जमिनमा तरकारीखेती गर्दा दैनिक रु दुई हजारसम्मको तरकारी बिक्रीबाट लाभ लिइरहेको बताए । उनले जग्गा भाडामा लिएर तरकारीखेती गरिरहेका छन्। “हाम्रो बारीमा विषादी प्रयोग नगरिएको तरकारी पाइन्छ । आजभोलि गाउँका मानिस पनि अर्गानिक तरकारी पाइन्छ भनेर बारीमै किन्न आउँछन् । यस वर्ष काक्रो मात्रै ४० क्विन्टलभन्दा बिक्री गर्नुभयो । उत्पादनको बजारीकरणका लागि कुनै समस्या छैन”, चौधरीले सुनाए।

अर्का किसान श्यामसुन्दर चौधरीले छ कट्ठा जमिनमा व्यावसायिक तरकारीखेती गरेर लाभ लिइरहेको बताए । उनले भने,“बाली रोप्नुअघिदेखि नै माटो संरक्षणमा ध्यान दिने गरेका छु । यसबाट हुने उत्पादनले परिवार, आमउपभोक्ता र माटोको स्वास्थ्य सुधारमा पनि योगदान पुगेको छ । विषादी प्रयोग गर्न छोडेपछि धेरै फाइदा हुँदो रहे छ नि ” उनले यस वर्ष रु ५० हजारको टमाटर र रु ४० हजारको काक्रा बिक्री गरेको जानकारी दिए ।

जानकी गाउँपालिकाका कृषि प्राविधिक चक्रप्रसाद भाट अब उपभोक्ता पनि विषादीरहित तरकारीबारे सचेत हुनुपर्ने बताउँछन् । विषादीरहित तरकारीमा दाग, किरा लागेको भए पनि स्वास्थ्यका लागि राम्रो हुने उनको भनाइ छ ।
कृषि प्राधिधिक भाट भन्छन् “उपभोक्ता आकर्षक र चिल्लो देखिने तरकारी मन पराउँछन्, तर त्यसको स्वास्थ्य लाभबारे ध्यान दिँदैन । अब प्रयोगबारे उपभोक्ता र विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्व संरक्षणका लागि किसान सचेत हुनुपर्ने आवश्यकता छ ।”

माटोको उर्वरा शक्ति बढाउन, उत्पादन वृद्धि र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लाग्न आफूहरूले किसानलाई सचेत गराउँदै आएको उनले बताए ।रासस

मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

समाचार

सबै

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.