धनगढी । कञ्चनपुरबाट अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन ।
जिल्लाको बेलौरी नगरपालिका-७ पौलाहाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित बेल्डाडी गाउँपालिका-३ खैरीघाट बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















