धनगढी- बाजुरामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। जिल्लाको त्रिबेणी नगरपालिका–७ का एकजना भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ४५ वर्षीय नया लुहार मिजार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट भरुवा बन्दुक १ थान, बारुद आधा तोला, छर्राको रुपमा प्रयोग गरिने ढुङ्गाका टुक्रा १० गोटा बरामद गरिएको हो। उनलाई प्रकाउ गरी थप अनुसन्धान भइरहेको छ।















