धनगढी । कैलाली र अछाममा दुई जना मृत अवस्थामा फेला परेका छन ।
कैलालीको टीकापुर नगरपालिका-२ राजीपुर बस्ने ५५ वर्षीय लालबहादुर ठकुल्ला आफ्नै घर नजिकै रहेको नालामा बुधबार मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै,अछामको पञ्चदेवल बिनायक नगरपालिका-९ स्थित भानाकोटबाट दैलेखको जैखोला जाने झोलुङ्गे पुल नजिकै कर्णाली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















