धनगढी । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालको अध्यक्षमा बैतडीका रमेशराम कोली निर्वाचित भएका छन ।
बिहीबार धनगढीमा सम्पन्न महासंघको १४औं वार्षिक साधारणसभा तथा सातौं राष्ट्रिय महाधिवेशनबाट कोली अध्यक्षमा निर्वाचित भएका हुन ।
कोलीले २५ मत पाएर विजयी हुँदा उनका प्रतिष्पर्धी पर्वत सुनारले १० मत पाएका थिए ।
अध्यक्षबाहेका पदमा भने सबै निर्विरोध भएका थिए । निर्वाचन समितिका अनुसार महासंघको उपाध्यक्षमा कञ्चनपुरका शिबि लुहार र डडेल्धुराका इन्दिरा ताम्राकार,महासचिवमा डडेल्धुराका तुलाराम सार्की,कोषाध्यक्षमा कञ्चनपुरका सन्जु नेपाली,सचिवमा बाजुराका लालबिर सार्की र जाजरकोटका प्रसाद नेपाली निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै सदस्यमा बैतडीका राजुराम भुल,डडेल्धुराका कौशिला दमाई,डडेल्धुराका जगदिशकुमार चुनारा,बाजुराका जयलाल विक,सुर्खेतका रोशनीकुमारी सुनार,दार्चुलाका मानवती वड,हुम्लाका तिलसरा विक र जाजरकोटका चन्द्रकला कामी निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।



















