धनगढी । कैलालीमा अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ मोहना नदी किनारबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी, लम्कीचुहा नगरपालिका-६ चैनपुरबाट सोही ठाउँ बस्ने २१ वर्षीय विकास थापा मगरलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।



















