धनगढी । कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले लेनदेन साँवा व्याज भराई पाउँ मुद्दामा १ बर्ष कैद सजाय तोकिएको कैलारी गाउँपालिका-४ भितरिया बस्ने ४४ वर्षीय खुशीराम चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले बिहीबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।













