धनगढी । कैलालीबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन ।
शुक्रबार जिल्लाको भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८७० मिलिग्राम सहित जानकी गाउँपालिका-७ बस्ने २३ वर्षीय नरेन्द्र चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपाल तर्फ पैदल आँउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित चौधरीलाई पक्राउ गरेको जनाएको छ ।













