धनगढी । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ तथा पदभार ग्रहण गरेका छन ।
नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा निर्वाचित अध्यक्ष लक्ष्मणकुमार स्वारको टीमले आज एक कार्यक्रमका बीच सपथ तथा पदभार ग्रहण गरेका हुन ।
सपथ तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश सेठीले निर्माण व्यवसायी संकटपूर्ण अवस्थामा रहेका बताउँदै सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले निर्वाचित टीमलाई बधाई तथा शुभकामना दिदै पहिलाभन्दा अझ राम्रो काम गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष स्वारले सबै निर्माण व्यवसायीलाई एकढिक्का बनाएर लैजाने बताए ।
निर्वाचनताका केही मतभेद भएपनि निर्माण व्यवसायीका हकहितका लागि अब सबैले मिलेर अगाडि बढ्नुपर्ने बताए ।



















