धनगढी । कैलालीमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-९ त्रिवेणीघाटस्थित मोहना नदीको तिरमा नामथर, वतन नखुलेका एक पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी,लम्कीचुहा नगरपालिका-३ बल्चौरस्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नामथर वतन नखुलेको ४५ वर्ष जस्तो देखिने पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















