धनगढी । कैलालीमा १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन ।
ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका १६ बेहडाबाबा बस्ने २१ वर्षीय प्रदिप चन्दसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जेठ २१ गते राति सोही ठाउँ स्थित खेतबारीमा निजहरु तीनै जनाले ती वालिकालाई जबरजस्ती करणी गरेको भनि बालिकाका आफन्तले दिएको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरीले निजहरुलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



















