काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भई म्याग्दीबाट निर्वाचित सांसद हुन् ।
गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । शंकास्पद सम्पत्ति र व्यवसायी दीपक भट्टसँगको सम्बन्धका कारण विवादमा परेपछि वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । सम्पत्ति विवरणमा प्रश्न उठेपछि गुरुङमाथि अनुसन्धान गर्न गठित छानबिन समितिले गत शुक्रबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेसँगै उनलाई पुनः नियुक्ति गर्ने निर्णय गरिएको हो।
पुन जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।
उनले २०८२ माघ ६ गते पदबाट राजिनामा दिएका थिए ।













