कैलाली । कैलाली र कंञ्चनपुर जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । धनगढी ७ जोख्खरताल नजिक र भजनी २ गौनहियाबाट भारतबाट भन्सार छलि गरी ल्याएको मूल्य रु.१,०७,६००।– बराबरको बिडी, मोबाईल ग्लास, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
त्यसैगरी कञ्चनपुरको भिमदत्त ११ भुजेलाबाट रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,७००।– बराबरको मोबाईल कभर, सुट कपडालगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।













