धनगढी- बाम-लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्तले निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने बताएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को सम्पर्क कार्यालय उद्घाटन गर्दै पन्तले निर्वाचनपछि सरकार बनाउन गठबन्धन बाहेक अरुको विकल्प नरहेको बताएका हुन् ।
गलत प्रवृत्ति रोक्न, संविधान, संघीयता, हक अधिकारलगायतको रक्षाका लागि गठबन्धनको आवश्यक रहेको उनले बताए । कांग्रेसले जहिले पनि देश अक्ठयारोमा परेका बेला कांग्रेसले नेतृत्व लिँदै आएको उनको भनाई छ ।













