धनगढी- लोकतान्त्रिक बाम गठबन्धन कैलाली क्षेत्र नम्बर ५ को बैठक बसिरहेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई रणनितिक रुपमा सफल बनाउन लागि छलफल गर्न लागेको हो ।
बैठकमा क्षेत्र नम्बर ५ को चुनावी अभियान संचालन गर्ने बिषयमा छलफल भैरहेको निर्वाचन प्रचार–प्रसार विभाग संयोजक नृपबहादुर सुनारले बताए ।
छलफल कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधि सभाका सदस्यका उम्मेदवार, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाका यस क्षेत्रका केन्द्रीय,जिल्ला,प्रतिनिधिसभा÷प्रदेश कार्यसमिति र पालिका तहका नेताहरुको उपस्थिति रहेको छ ।













