काठमाडौं । सर्लाही, बलरा नगरपालिका-७ डुमरियास्थित सडकमा बिआर ३० एएल ३१८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बलरा नगरपालिका-६ बस्ने १७ वर्षीय अभिनाष बैठा र सवार सोही ठाउँ बस्ने रोहित बैठाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको न्यूरो अस्पताल जनकपुर हुँदै थप उपचारको लागि भारततर्फ पठाइएको छ ।
खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ स्थित सडकमा भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना.५ त ४५५५ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-५ बस्ने १४ वर्षीय दिवश परियारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २० जनाको केएमसी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















