धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीको सुर्ती नियन्त्रणमा लिएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका-५ नहररोडबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.३२ हजार ७०० बराबरको सुर्ती गएराति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सुर्ती ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।














