धनगढी । डोटीमा प्रहरीले एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।
सोमबार जिल्लाको शिखर नगरपालिका-५ रुडीगाड स्थित खोला किनार नजिक ओडारमा लुकाइछिपाइ राखेको एक थान एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त बन्दुक प्रहरी चौकी तलकोटबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।














