धनगढी । कञ्चनपुरमा एक रेस्टुरेन्टमा आगलागी हुँदा ३५ लाख बराबरका धनमाल जलेर नष्ट भएका छन ।
बुधबार जिल्लाको भीमदत्त नगरपालिका-४ बजार स्थित सोही ठाउँ बस्ने मोहन विष्टले सञ्चालन गरेको MD रेष्टुरेन्टको दोस्रो तलामा बिद्युतको लाइन सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।















