धनगढी । कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
शनिबार जिल्लाको पुनर्वास नगरपालिका-९ बाउण्ड्रीबाट लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा नियन्त्रित लागूऔषध PROXIOHM-SPAS- ४०८ ट्याब्लेटसहित भारतको उत्तर प्रदेश संत लाल आजाद नगर धोला बिर्सेनपुरी खिरी बस्ने ५५ वर्षीय दीप चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उक्त नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















