धनगढी । कैलालमा अवैध भन्सार छलीका सामानसहित तीन जना महिला पक्राउ परेकी छन ।
पक्राउ पर्नेमा उपमहानगरपालिका-३ बस्ने ३७ वर्षीया लक्ष्मी स्याडा, ३५ वर्षीया धनीदेवी सार्की र गोदावारी नगरपालिका-२ बस्ने २७ वर्षीया यसोदा भट्ट रहेको प्रहरीले जनाएको छ ।
शनिबार जिल्लाको धनगढी उपमहानगरपालिका-२ फनपार्क नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.१ लाख ९७ हजार ३५० बराबरको बिडी, सुर्ती,सुटपिस,डाल्डा, चना,केक पाउडर,खुर्सानी,प्लाष्टिक झिल्ली लगायतका सामानसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।















