धनगढी । दार्चुलामा एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत दार्चुलाको २०८२ पुस १ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय र रु.२ हजार जरिवाना तोकिएका नौगाड गाउँपालिका-३ बस्ने ३५ वर्षीय प्रेमसिंह धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ सोही नगरपालिका-२ दल्लेख बजारबाट पक्राउ गरेको जनाएको छ ।















