धनगढी । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छ ।
पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नविन चौधरी रहेको प्रहरीले जनाएको छ ।
ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा आइतबार साँझ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले झेलुलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















