धनगढी । कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ।
गत भदौ २५ गते सर्पले टोकेर घाइते भएका गोदावरी नगरपालिका–९ बल्मीका गणेश नेपालीका छोरा ५ वर्षीय विहान नेपालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो ।
उनलाई आफ्नै घरको सुत्ने कोठामा खाटमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो।
सर्पले टोकेपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उपचारकै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।















