धनगढी । कैलालीमा प्रहरीले करिब १० लाख बराबरका अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
मंगलबार जिल्लाका विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.९ लाख ९२ हजार ३२५ बराबरको सुटपिस, व्लाउज, बटन,हुक्स,कपडा मेसिनको सटल, इलाष्टिक, सट, फ्रक, कुर्ती, किराना सामान,१ थान अटोलगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।















