धनगढी । डोटीमा प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बडिकेदार गाउँपालिका-२ गाँडेसाल बस्ने २८ वर्षीय प्रकाशबहादुर रोक्कामगर रहेको प्रहरीले जनाएको छ ।
उनलाई वैदेशिक रोजगार न्यायधिकरण बबरमहल, काठमाण्डौँको २०८२जेठ १३ गतेको फैसलाले वैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद सजाय, रु.५० हजार जरिवाना र रू.६ हजार क्षतिपुर्ति तोकेको प्रहरीले जनाएको छ ।
रोक्कामगरलाई प्रहरी चौकी खड्यौलीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।















