• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ मिनेट 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  •   आइतबार, असोज ११, २०८३ मा प्रकाशित

धनगढी । वर्षायाममा डुबान र सडकमा पानी जम्ने समस्याबाट प्रभावित हुँदै आएको धनगढीको मुख्य बजारसहितका क्षेत्रमा पछिल्लो समय सुधार देखिन थालेको छ ।

धनगढी उपमहानगरपालिकाले सडक स्तरीकरण, ढल व्यवस्थापन तथा पानीको सहज निकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि मुख्य बजारसहितका विभिन्न क्षेत्रमा हुने डुबानको समस्यामा सुधार भएको हो ।

यसअघि एलएन चोक, क्याम्पस चोक, पार्कमोड, अस्पताल लाइन, हसनपुर, सहिदगेट–क्याम्पस रोड, शिवनगर र विशालनगरलगायतका क्षेत्रमा सामान्य वर्षा हुँदा पनि पानी जम्ने गरेको थियो । सडकमा पानी जम्दा पैदल यात्रु तथा सवारीसाधनको आवागमनमा समेत समस्या हुने गरेको थियो ।

धनगढी उपमहानगरपालिका–२ का वडाध्यक्ष धर्मराज ओझाका अनुसार सडक स्तरीकरणसँगै उचित ढल व्यवस्थापन गरिएपछि डुबानको समस्या धेरै हदसम्म कम भएको छ । उनका अनुसार उपमहानगरपालिकाले सडक स्तरीकरण, ढल तथा पेटी निर्माण र कच्ची सडक सुधारका योजनालाई प्राथमिकतामा राखेको छ ।

विशेषगरी मुख्य बजार क्षेत्रका सडक स्तरीकरण र पानी निकासको व्यवस्था गरिएपछि वर्षायाममा पानी जम्ने समस्या घटेको उपमहानगरपालिकाले  निशाना न्युजलाई जानकारी दिएको छ ।

सहिदगेट–क्याम्पस रोडअन्तर्गत शिवनगर चोक, चकमेली चोक र राष्ट्र बैंक चोकलगायतका क्षेत्रमा विगतमा वर्षा हुँदा सडक जलमग्न हुने गरेको स्थानीय अमरराज जेठाराले बताए । सडक स्तरोन्नतिसँगै पानीको उचित निकासको व्यवस्था भएपछि अहिले आवागमन सहज भएको उनले बताए ।

उपमहानगरपालिकाले डुबानको समस्या न्यूनीकरण गर्न सडक स्तरीकरण, ढल व्यवस्थापन, सडक सुधार तथा अन्य पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको जनाएको छ ।

तर उपमहानगरपालिकाका केही भित्री क्षेत्रमा भने वर्षायाममा पानी जम्ने र जलमग्न हुने समस्या अझै कायमै छ । ती क्षेत्रमा सडक तथा ढल व्यवस्थापन गरी पानीको सहज निकासका लागि आवश्यक काम अघि बढाइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

यता, पानी जमेर जलमग्न भएका क्षेत्रमा धनगढी नगर प्रहरी आवश्यक सामग्रीसहित परिचालित भई पानी निकास गर्ने गरेको नगर प्रहरी बलले जनाएको छ ।

सडक स्तरीकरण र ढल व्यवस्थापनका कामले वर्षायाममा आवागमनमा समस्या भोग्दै आएका स्थानीयवासीलाई राहत पुगेको छ । पूर्वाधार सुधारका कामले डुबानको समस्या थप न्यूनीकरण हुने र वर्षायाममा नियमित आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

  • हट्यो डुबानको समस्या
आइतबार, असोज ११, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
लगातारको वर्षाले अनन्ते मेला प्रभावित
लागूऔषधसहित दुई जना पक्राउ
आजदेखि सोह्र श्राद्ध सुरु
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ मिनेट 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.