धनगढी । कैलालीको गोदावरी नगरपालिका-९ सेहरी भल्का स्थित खुटिया नदीमा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-१ शिवनगर बस्ने १७ वर्षीय दोर्ण सुवेदीको नुहाउने क्रममा शुक्रबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।













