धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छली गरी भारतबाट ल्याइएका करिब ८८ हजार रुपैयाँ बराबरका विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइयाघाटबाट आइतबार प्रहरीले ३० हजार ५५० रुपैयाँ बराबरका चिनी, दाल, मिठाई, जिरा, प्लास्टिक झिल्ली लगायतका सामान बरामद गरेको हो ।
त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ५८ हजार ५० रुपैयाँ बराबरका पेय पदार्थ, बिडी, कुरकुरे, नमकिन, बोइलर कुखुरा लगायतका सामान बरामद गरेको जनाएको छ ।














