धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–३ स्थित डि.के. पेट्रोल पम्प नजिकबाट २४८ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँका २८ वर्षीय अमन पन्थी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका–६ जाईबाट २०२ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय सन्जित चौधरी र ३८ वर्षीय प्रेमलाल राना रहेका प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














