काठमाडौं- देशमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको भन्दै सरकारले विलासी वस्तुको आयातमा बन्देज र कडाइ गरेको छ । तर विलासिताकै वस्तुमा गणना हुने तासको आयात भने डरलाग्दो देखिएको छ ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तथ्यांङ्क अनुसार नेपालमा १६ लाख ९६ हजार दुई सय १२ बुक तास आयात भएका छन् । यी तास आयातको लागि नेपालले तीन करोड ५९ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् ।
तीन महिनामा चीनबाट १६ लाख ५६ हजार बुक तास आयात गर्दा तीन करोड २५ लाख रुपैयाँ र भारतबाट ४० हजार एक सय बुक तास आयात गर्दा ३३ लाख ५१ हजार रुपैयाँ बाहिरिएको छ ।













