धनगढी । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा धनगढीस्थित मायामेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँद सम्मानित भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले साउँदलाई सम्मान गरेको हो । प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले साउँदलाई सम्मानपत्र प्रदान गरेका थिए ।
मायामेट्रो अस्पतालले सुदूरपश्चिम प्रदेशमा कार्यरत नेपाल प्रहरी तथा प्रहरीका परिवारका सदस्यलाई उपचार सेवामा २५ प्रतिशत छुट उपलब्ध गराउँदै आएको छ । यससम्बन्धी सम्झौता अस्पताल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच यसअघि नै भएको थियो ।
प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउन गरेको सहयोगको कदरस्वरूप साउँदलाई सम्मान गरिएको हो ।






















