• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

सन्दीप लामिछानेको बयान : किशोरीकै आग्रहमा नगरकोट गएको थिएँ

  •   सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित

काठमाडौं- बलात्कार आरोपी सन्दीप लामिछानेले किशोरीनै कर गरेपछि आफू नगरकोट भएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले ती किशोरीले ‘आफू दयनीय स्थितिमा रहेको’ भन्दै भेट्न कर गरेको बताएका छन् ।

‘मैले के भयो, म कसरी सहयोग गर्न सक्छु भनेर म्यासेज गरेको थिएँ’, उनले प्रहरीसँगको वयानमा भनेका छन्, ‘होइन, म भेटेर मात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले ठीक छ, अहिले फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौंला भनेको थिएँ ।’

लामिछानेले ५ भदौको साँझ चार बजेतिर उनलाई फोन गरेको बताएका छन् । ‘त्यतिबेला उनले फेरि पटकपटक भेट्ने प्रस्ताव गरेकी थिइन्’, लामिछानेले वयानमा भनेका छन्, ‘मैले आज भेट्न सम्भव छैन भन्दा उनले ठीक छ, तपाईं काम भ्याएर आउनु, म होस्टलमै पर्खी बस्छु भनेकी थिइन् ।’

साँझ आफ्नो बैठक सकिएपछि ‘होस्टलको बाटो हुँदै आउँदैछु’ भनेर जानकारी गराएको उनले भनेका छन् । ‘उनले तपाईं होस्टलतिर नआउनुस् नजिकै लिटल काठमाडौं रेष्टुरेन्ट छ, त्यहाँ कुरेर बस्नुस्, म त्यहीँ आउँछु भनेकी थिइन्’, लामिछानेले भनेका छन्, ‘त्यसपछि उनी त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडिको सिटमा बसिन् ।’ किशोरीले त्यसपछि नगरकोट जान भनेको सन्दीपको भनाइ छ ।

‘बिहानदेखि नै नगरकोट जाने मुड बनाएको छु, भनेकोमा मैले सम्भव छैन भनेको थिएँ’, उनले भनेका छन्, ‘मैले होस्टलबाट साथीहरुलाई नगरकोट जाँदैछु भनेर बताएर आएको, एकछिन भएपनि नगरकोट गएर आउनुपर्छ भनेर आएको छु, एकछिन भएपछि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको गर्‍यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने शर्तमा निजको चित्त नदुखोस् भनी नगरकोट जान सहमत भएको थिएँ ।’

लामिछानेले जाँदा गाडीमा कुराकानी हुँदा किशोरीले आफू १९ वर्ष पुगेको बताएको पनि जिकिर गरेका छन् । ‘बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा उनलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टल पनि बन्द हुन्छ, यतैकतै खाजा खाएर फर्किउँ भन्दा उनले होइन, होस्टल बन्द हुँदैन, जति बेला पनि खुला हुन्छ र मलाई नगरकोटबाट साँझको भ्यू अवलोकन गर्न इच्छा छ भनेकी थिइन्’, सन्दीपले दाबी गरेका छन्, ‘त्यतिबेलासम्म हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौं ।’

त्यसक्रममा नगरकोटको बोजिनी रिसोर्टमा गएको उनले भनेका छन् । त्यहाँ गीत गाउँदै रमाइलो गरेको लामिछानेले वयानमा बताएका छन् । खाजा खाएपछि भ्यू हेर्ने क्रममा किशोरीले आफ्नो काँधमा आफ्नो टाउको अड्याएर उभिएको भन्दै सन्दीपले भनेका छन्, ‘त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भइसक्यो, रात पर्‍यो । तिम्रो होस्टल पनि बन्द हुन्छ भन्दा उनले ढिला भएको छैन भनेकी थिइन् ।’ त्यतिबेला पीडित किशोरीले नै ‘ढिला भए पनि केही छैन, यतै बसौंला’ भन्ने कुरा गरेको सन्दीपको दाबी छ ।

फर्किएर आउने क्रममा राति ११ः१५ बजेतिर होस्टलबारे सोध्दा ‘होस्टल बन्द भइसकेको’ बताएको उनले प्रहरीसमक्ष बयानमा बताएका छन् । त्यो कुरा सुनेर आफू छक्क परेको उनले भनेका छन् ।

पीडित भनिएकी किशोरीले नै त्यसदिन ‘धेरै कुरा गर्नुछ, व्यक्तिगत कुरा गर्न पनि बाँकी छ’ भनेको भन्दै सन्दीपले भनेका छन्, ‘मैले हायात होटलमा बस्दै आएको छु, त्यहीँ गएर तिम्रो कुरा सुन्छु भन्दा उनले आत्तिँदै त्यहाँ सबै खेलाडी पनि हुन्छन्, त्यसमाथि देव पनि हुन्छ भन्दै आनाकारी गर्न थालेकी थिइन् ।’

त्यसपछि ‘होटल काठमाडौं इनमा फोन गरेर एउटा कोठा बुक गरिदिन्छु, म पनि एकछिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टलसम्म पुर्‍याइदिनका लागि बिहानै उठेर आउँला’ भनेको सन्दीपको बयान छ ।

कोठा नम्बर ३०५ मा कुराकानी गर्न आफू कुर्सीमा बस्दा किशोरीले ढोका भित्रबाट लक गरेको सन्दीपले प्रहरीसँगको वयानमा बताएका छन् । ‘मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन भन्दै जवाफ फर्काइन्’, उनले भनेका छन्, ‘मैले यो कुरालाई सामान्य लिएर कुर्सीमा बसिरहेँ भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा फ्रेस हुनका लागि बाथरुम गएर फेरि कुर्सीमा आएर बसेँ ।’

त्यसपछि खेल जीवनबारे कुराकानी भएको सन्दीपले बताएका छन् । ‘सोही क्रममा व्यक्तिगत जीवनका बारेमा पनि कुरा गर्दा मैले मेरो गर्ल फ्रेण्ड रहेको र छिट्टै एक दुई वर्षमा विवाह गर्ने योजना बनाएको समेत भनेको थिएँ’, उनले भनेका छन्, ‘उनले आफ्नो व्यक्तिगत कुराकानी सुनाउँदा उदास देखिएकाले मैले डन्ट वरी सबै ठीक हुन्छ, दुखी नहोऊ भन्ने कुरा गरेँ ।’

कुराकानीका क्रममा उदास देखेपछि आफूले केही गीत पनि सुनाएको र उनको अनुहारमा खुशी देखेर आफूलाई पनि खुशी लागेको सन्दीपले बयानमा बताएका छन् । कुराकानी गर्दाथगर्दै ३ः४५–४ः०० बजेको उनले भनेका छन् ।

राति कुराकानीका क्रममा पीडितले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको भनेपछि आफूलाई शंका लागेको सन्दीपको दाबी छ । ‘त्यसपछि मैले उनलाई म अहिले होटल जान्छु, तिमीलाई भोलि बिहान होस्टल पुर्‍याइदिन आउछु भन्दा निजले अहिले जाँदा आउँदा एक घन्टा जति लाग्छ, त्यतिबेलासम्म म पनि जाने बेला हुन्छ, त्योभन्दा बरु तपाईं यहीँ बस्नुस्, हामी यहीँ कुराकानी गरौंला भनी आग्रह गरिन्’, उनले भनेका छन्, ‘त्यसपछि मलाई पनि उनले भनेको कुरा ठीक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्योभन्दा अर्को कोठा लिन्छु, म त्यहीँ सुत्छु र बिहानै तिमीलाई होस्टल पुर्‍याइदिन्छु भन्दा समेत उनले मलाई कोठा लिन दिइनन् ।’

सन्दीपले पीडित भनिएकी किशोरीले एक्लै बस्न डर लाग्ने बताउँदै त्यहीँ बस्न भनेको पनि दाबी गरेका छन् । ‘म धेरै बेर कुर्सीमा बसेको देख्दा उनले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यहीँ ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसेँ र निज बेडमै थिइन्’ उनले भनेका छन्, ‘मैले मेरो मोबाइलमा बिहानको ६ बजे आलर्म लगाएर कुराकानी गर्दा म कुर्सीमै निदाएँ ।’

निद्राबाट बिउँझिदा पीडित भनिएकी किशोरी सुतिरहेको र उनलाई आफैंले उठाएको सन्दीपले बताएका छन् । बिहान ६ः४५ तिर होटलबाट निस्किएको उनले भनेका छन् । ‘निस्किएपछि मैले उनलाई म अब आफ्नो काममा बिजी हुन्छु, गेममा फोकस गर्नुछ भनेको थिएँ’, उनले भनेका छन््, ‘निज पनि खुशी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आएर बसिन् र दुवै जना निजको होस्टलतिर गएर मैले उनलाई होस्टल नजिक छाडिदिएको थिएँ ।’

तर, २२ भदौमा एक्कासी आफूविरुद्ध जबर्जस्ती करणीको कसूरमा जाहेरी परेको सामाजिक सञ्जालमार्फत थाहा पाएको उनले दाबी गरेका छन् । अनलाइनखबर

 

  • सन्दीप लामिछाने
सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.